logo
  • शुक्रबार, असोज ३० २०८३

गुल्मीको अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास , समयमा काम सम्पन्न गर्न भौतिक पुर्वाधरमन्त्रीको निर्देशन


  • शनिबार, मंसिर १ २०८१

बुटवल ,१ मङ्सिर । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको  अग्लुङ्गफेदी खोलामा   आज पक्की पुलको शिलान्यास गरिएको छ ।
 लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रूपमा अग्लुङ्गफेदी खोलामा पक्की पुलको शिलान्यास  गरेका छन् ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीले आयोजना  चार करोड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँको लगानीमा पुल निर्माण कार्य अघि बढेको र एक बर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
एमरएस।कमल(अर्जुन(सिटी(जेभी रेसुंगा गुल्मीले आगामी  २०८२ मङ्सिर ८ गते सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।उक्त अवसरमा बोल्दै   भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समयमा पुल निर्माण सम्पन्न गर्न बताए।
सन्तुलित विकासको अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई प्राथमिकता राखेको भन्दै  प्रदेशका सबै योजनाको गुणस्तर कायम गर्नु पर्ने बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले  विकट बस्तीलाई विकासको मूल धारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए। गुल्मी जिल्लाका विकट बस्तीमा विकास पुर्‍याउने अभियान चलेको बताए ।

निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले निर्धारित समयमा पुल सम्पन्न गर्न स्थानीय तहले समेत सहजीकरण गर्ने  बत्ताइन् ।

← Back

Thank you for your response. ✨

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले गुणस्तरीय पक्की पुल निर्माण हुने बताए । उनले

यसको गुणस्तर कायम गर्न सबै पक्षबाट अनुगमन  गर्ने बताए)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend