logo
  • शुक्रबार, असोज ३० २०८३

एम्स कलेजका खिमराज पन्थीले ल्याए ८६ प्रतिशत, नेपालमा तेस्रो भएको कलेजको दाबी


  • मंगलबार, असोज १३ २०८३

बुटवल, असोज १२ । बुटवलस्थित एम्स कलेजका विद्यार्थी खिमराज पन्थीले बीबीएस चौथो वर्षको परीक्षामा ८६ प्रतिशत अंक प्राप्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८३ साल असारमा सञ्चालित बीबीएस चौथो वर्षको परीक्षामा पन्थीले उक्त अंक प्राप्त गरेको कलेजले जनाएको छ।
कलेज प्रशासनका अनुसार पन्थीले प्राप्त गरेको ८६ प्रतिशत अंक नेपालभर तेस्रो तथा लुम्बिनी प्रदेशमा प्रथम हो। यद्यपि, यो दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।
यस्तै, कलेजकी छात्रा करिश्मा तिवारीले ८५।२ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशमा दोस्रो स्थान हासिल गरेको कलेजले जनाएको छ। पुष्पा न्यौपानेले ८२।२ प्रतिशत अंक प्राप्त गरेकी छन्।
क्याम्पस प्रमुख दीपक ढकालले पन्थीले हासिल गरेको नतिजा कलेज परिवारका लागि गौरवको विषय भएको बताए। विद्यार्थीको निरन्तर मेहनत, प्राध्यापकको मार्गदर्शन र कलेजले उपलब्ध गराएको शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको उनको भनाइ छ।

कलेजका निर्देशक बाबुराम बन्जाडेले उत्कृष्ट नतिजाका लागि विद्यार्थीको मेहनतसँगै अभिभावक, प्राध्यापक र कलेज प्रशासनको पनि महत्वपूर्ण भूमिका रहेको बताए।
वि।सं। २०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापना भएको एम्स कलेजले व्यवस्थापन संकायअन्तर्गत बीबीएस तहमा अध्यापन गराउँदै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend