बुटवल । रुपन्देहीको क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य (प्रत्यक्षतर्फ) उम्मेदवार दोहोरो सिफारिस भएको छ। संस्थापनले एकलोटी निर्णय गरेको भन्दौ अर्को पक्षले पनि उम्मेदवारी सिफारिस केन्द्रमा पठाएको छ।
संस्थापन पक्षले पुर्व अर्थ राज्यमन्त्री एवं तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भरतकुमार शाहको नाम एकल सिफारिश गरेको थियो । तर उक्त सिफारिशप्रति संस्थापन इतर पक्षले असहमति जनाउँदै युवा नेता विष्णु पोखरेलसहित तीनजनालाई उम्मेदवार सिफारिश गर्दै उक्त जानकारी पार्टी केन्द्रीय कार्यालयलाई पठाएको छ ।
उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भएपनि भरत शाह पक्षले आफूहरुलाई उपस्थित नै नगराई शाहको नाम एकलौटी सिफारिश गरिएको आरोप लगाएको छ ।
क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले आफू समेत जानकारी नगारीक सिफारिस गरेको आपत्ति प्रकट गरे । उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समितिले अनिवार्य रुपमा महासमिति सदस्य, केन्द्रिय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेसन प्रतिनिधिलाई सहभागि गराई सिफारिस गर्नुपर्छ तर क्षेत्र नं ५ रुपन्देहीले बलजफ्ती आफु अनुकुलका प्रतिनिधिलाई मात्र खबर गरेको बताए ।
उक्त एकलाटो निणयको विरोध गर्दै युवा नेता विष्णु पोखरेलसहित तीनजनाको नाम सिफारिश गरी इमेलमार्फत पार्टी केन्द्रीय कार्यलयमा गरिएको छ। जसमा प्रतिनिधि सभा प्रतक्ष्य तर्फ २०७४को आम निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेद्वार भई तत्कालीन बाम गठवन्धनका उमेद्वारसंग निकटतम प्रतिस्पर्धी तथा ०७९ सालको निर्वाचनमा प्रदेश सभा तर्फ टिकट पाएर मनोनयन दर्ता समेत गरेका तर गठबन्धनका कारण तत्कालीन माओवादी केन्द्रका लागि उम्मेद्वारी फिर्ता लिएका महासमिति सदस्य पोखरेललाई एक नम्बरमा सिफारिश गरिएको छ ।
यस्तै महासमिति सदस्य एवं पुर्व क्षेत्रीय सचिब कमल प्रकाश भुषाल र महाधिवेशन प्रतिनिधि लिला कुमारी पौडेललाई सिफाशि गरिएको छ । उनीहरुलाई सिफारिश गर्नेहरुमा क्षेत्रीय सचिव कृण प्रसाद शर्मा, क्षेत्रीय सह–सचिव हरि प्रसाद घिमिरे, सह–सचिव चिरञ्जिवी खनाल लगायत रहेका छन् ।
यस्तै महासमिति महाधिवेशन प्रतिनिधिहरु विष्णु प्रसाद पोख्रेल, शेषमन यादव, महाधिवेशन प्रतिनिधिहरु शारदा गौतम, चाम बहादुर थापा, खिमानन्द खनाल, हुमनाथ अधिकारी, दिलमाया कडेल लगायतले उम्मेदवार सिफारिशमा हस्ताक्षर गरेका छन् । यस्तै क्षेत्रका जिल्ला समिति सदस्यहरु, पालिका सभापतिहरुले पनि पोखरेलको पक्षमा हस्ताक्षर गरेका छन् ।
यता नेपाली कांग्रेस क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले वैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले शाहको नाममा विरोध नगरेकाले एकल सिफारिश गरिएको बताए ।
उनले शाह पक्षबाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सुर्यमति उपााध्ययाय र शेषमन यादवलाई सिफारिश गरेको बताए ।
संस्थापन इतरले प्रतिनिधि सभा सदस्य समानुपातिकमा अधिवक्ता शेषमन यादव,डोलबहादुर थापा,दिलमाया कंडेल,खडानन्द खनाल र सिता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे,इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिश गरेको छ ।
उनले जति पटक बैठक बसेपनि भरत शाहको नाम सिफारिस हुने भन्दै केही पटक पटक बोलाउदा उपस्थिति नभएको यस्तो निणय गरिएको दाबी गरे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend