बुटवल , भदौ ३
बुटवल मिलन चोकमा रहेको स्कलर्स होम स्कुलमा कक्षा ११ का विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
एक कार्यक्रमका विच बुटवलमा कक्षा १२ विद्यार्थीहरूले कक्षा ११ नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरेको विद्यालयले जनाएको छ ।
कक्षा १२ विधा मनिष पाण्डेको अध्यक्षता भएको कार्यालयमा बोल्दै बुटवल उपमहानगरपालिका वार्ड नम्बर ९ वार्ड अध्यक्ष प्रदीप श्रेष्ठले कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीले आफ्नो भविष्यलाई उज्ज्वल बनाउनको लागि अनुशासित र मेहनेत गर्नुपर्ने बताए । उनले बुटवलमा पुरानो स्कुल मध्ये एक गनिने स्कलर्स होम आफ्नो परिचाहन भएकोले यहाँ विद्यार्थीहरू लगनशील , मेहनती बन्दै भविष्यको दिशा कोर्नुपर्ने बताए ।
कार्यक्रममा परीक्षा बोर्डमा बाबुराम भण्डारी , बुटवल नगरपालिका बुटवल माध्यमिक शिक्षा प्रमुख , टिकाराम पन्थी , विद्यालय व्यवस्था समितिका मनहरि बस्याल , लुम्बिनी बुद्ध विश्व विद्यालयका डिन उमेश राज भोजु लगायत बोल्दै विद्यार्थी मेहनती र विद्यालयमा राम्रो वातावरण भएका सही शिक्षा हासिल गर्न सकिने बताए , सो अवसरमा कक्षा १२ प्रथम, दोस्रो र तेस्रो हुनेलाई सम्मान गरिएको थियो । यस्तै पूर्व विद्यार्थी इन्जिनियर सृजना पछाइ, सी ए महेश घिमिरे, बिसिए टपर शिशिर नेपाली , यो वर्ष स्कलरसिप मा विभिन्न बिधामा स्नातकमा पढने विद्यार्थी हरूलाई पनि सम्मान गरिएको विद्यालयमा प्राचार्य बाबुराम बजान्डेले जनाकारी दिए । विद्यालय कक्षा ११र १२ गरेर ३ सय विद्यार्थी रहेका छन् ।
.