logo
  • शुक्रबार, असोज ३० २०८३

डा बाबुराम  भट्टराईले  सामाजिक सञ्जालमा लेख्दै भर्ने  पुराना दलहरूबाट अव  काम छैन , 


  • आइतबार, असार २९ २०८२

काठमाडौँ । असार  २९
पूर्व प्रधानमन्त्री तथा नेसपा ९नयाँ शक्ति० का अध्यक्ष डा। बाबुराम भट्टराईले संसद्का दुई ठुला दल मिलेर बनेको सरकारको एक वर्षको सबभन्दा ठुलो उपलब्धि  नदिएको बताए ।
उनले अव पुराना दलहरूले कुनै पनि समस्या समाधान गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नु मात्र रहेको टिप्पणी  सामाजिक सञ्जालमा लेखेका छन् ।
आइतबार  आज सामाजिक सञ्जाल फेसबुकमा सरकारको एक वर्षे कार्यकालबारे टिप्पणी गर्दै लेखेका छन्, ‘अब पुराना दलहरूले जति पटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट  देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू ९संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्प विकास, परनिर्भरता, पर्यावरण विनाश आदि० हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यवहारमै प्रमाणित गरिदिनु हो ।’
तेस्रो ठुलो दल माओवादी केन्द्र नेतृत्वको सरकारले समेत माखो मार्न नसकेको पहिल्यै देखिइसकेको भट्टराईको भनाइ छ । ‘तेस्रो ठुलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर  सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो’, भट्टराईले भनेका छन्, ‘यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend