logo
  • शनिबार, कार्तिक १ २०८३

लुम्बिनी प्रदेशसभा बैठक बस्दै


  • मंगलबार, असार १७ २०८२

बुटवल । लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनअन्तर्गत् चौधौं बैठक आज मंगलबार बस्दैछ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै मंगलबार दिउँसो तीन बजेका लागि छैठौं अधिवेशनको चौधौं बैठक बस्ने जनाएको हो।

मंगलबार बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्य सहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलका लागि सभामा पेस गर्ने छन्। सभामा पेस भएपछि उक्त प्रस्तावमाथि छलफल सुरू हुने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्कीले दिने छन्।त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक सभामा पेश गर्ने आजको बैठकको कार्यसूची रहेको प्रदेश सभाका सचिव दुर्लभ पुनले जानकारी दिएका छन्। यसअघि असार ७ गते बस्ने भनिएको उक्त बैठक बजेटका बारेमा चौतर्फी आलोचना भएपछि संसदमा पनि विरोध हुनसक्ने भन्दै मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभा सचिवालयले अर्को सूचना नआउँदा सम्मलाई भन्दै बैठक स्थगित गरिएको थियो।बजेटको विषयमा मुख्यमन्त्री, मन्त्रीहरू, सरकारमा रहेका दलका नेता तथा अन्य दलका नेताहरूसँग समेत छलफल गरि १० दिनपछि बैठक आह्वान गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend