बुटवल असार १३,
अर्घाखाँची जिल्लामा आपसका विवाद हुँदा दाजुले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन्।शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको जिला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ। बन्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भाइलाई बन्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend