०५ असार
बुटवल । बुटवल उपमहानगरपालिकाले आज निती तथा कार्यक्रम ल्याएको छ ।
आज नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताए। उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताए। उनले बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताए।
उनले अन्य स्थानीय तहहरूसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने बताए। यस्तै बुटवलवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ । बुटवलका गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र ९कोसेली घर० स्थापनामा जोड दिइने जनाएको छ । भने उत्पादन भएका सामग्रीलाई नगरको चिनोका रूपमा उपयोग गर्ने नीति लिइनेछ । गृहिणी महिलाहरूलाई एकजुट बनाई सीप र व्यवसायका माध्यमबाट आर्थिक उपार्जनमा अगुवाइ गर्ने नीति लिइनेछ । गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत टोल, वडा र नगर स्तरीय सञ्जाल र सीप तथा रोजगार परिषद् गठनको नीति लिइने जनाएको छ ।
शिव नगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिनेछ । साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूसँग समन्वय गरिने पनि उल्लेख छ ।‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिनेछ । पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरू निर्माण गरिने जनाएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend