बुटवल , असोज ३
बुटवल उपमहानगरपालिका वार्ड नम्बर ९ मिनलचोक स्थीत स्कलर्स होम बोर्डिङ स्कुलमा ज्ञान, विज्ञान, ,सीप र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल मन्त्रसहित राष्ट्रिय शिक्षा दिवस २०८१ आज भव्य रूपमा सम्पन्न गरिएको छ ।
विद्यालयमा विद्यार्थीहरूका विभिन्न प्रतिभाहरूलाई हौसला अभिवृद्धि गर्ने उद्देश्यका साथ सो अवसरमा २५० भन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरिएको हो। कक्षा नर्सरी देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीका प्रतिभा प्रस्फुटन र प्रतिभा उजागर गरेका थिए ।
उक्त कार्यक्रममा शिक्षकद्वारा नृत्य प्रस्तुत गरिएको थियो। र विभिन्न विद्यार्थीहरूका वक्तृत्व कला गायन नृत्य हस्तलेखन निबन्ध चित्रकला र वस्तुकलाका लाई प्रोत्साहन गरी पुरस्कार वितरण गरिएको थियो। साथै कक्षा नर्सरीबाट कक्षा १० सम्म निरन्तर आफ्नो शैक्षिक गतिविधिलाई अगाडि बढाउने १२ जना विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। विद्यालयको ब्लक ए संयोजक कमला पाण्डे र प्रदीप देवकोटा को सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका लेखा अधिकृत राजु भण्डारीको अध्यक्षता र विद्यालयका प्राचार्य बाबुराम बन्जाडेको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न भएको थियो। इ।सी।ए इन्चार्ज मानोकान्त क्षेत्री ब्लक बि संयोजक शोभा रानी प्रधान लगायतले कार्यक्रमको समन्वय गर्नुभएको थियो। सो अवसर बोल्दै प्राचार्य बन्जाडेले आजका बालबालिका भोलिका कर्णधार र सक्षम नागरिक हुन् भन्ने अभिप्राय का साथ विद्यालयले शिक्षा दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको बताए ।