logo
  • शनिबार, कार्तिक १ २०८३

आवाज बचत तथा ऋण सहकारीको साधारणसभा सहकारीका राम्रा पक्षहरुलाई ओझेलमा पारियो


  • शनिबार, भाद्र २९ २०८१

बुटवल । भदै २९ ।

बुटवल स्थित आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सनिबार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्नुहुँदै राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिब डा। खगराज शर्माले संस्थालाई बलियो बनाउन बासलात भन्दा पनि सुशासनलाई हेरिनु पर्ने बताउनु भयो । सहकारीमा समस्या नभई अभियानमा केहि छिटा लगाउन खोजेको बताउनु हुँदै त्यसलाई सबै मिलेर हटाउनु सकिने बताउनु भयो । सहकारीको बेथितिलाई समयमै ब्यवस्थापन गर्न नसक्दा सहकारीमा केहि छिटा देखीएको उहाँको भनाई छ ।
समाजबादी अर्थतन्त्रको मुख्य आधारशिला भएको बताउनुहुदै उहाँले छरिएर रहेको स( सानो पुजीलाई एकीकृत गरि रोजगारी सिर्जना गर्ने बाताबरण बनाउन सुझाव दिनु भयो ।सबै सहकारीलाई एउटा घानमा राखिदा राम्रो सहकारीलाई अन्याय हुने भएकाले विधि पद्वती बाहिरका सहकारीलाई सहि दिशामा ल्याउन पहल गरिने बताउनु भयो ।रुपन्देही बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त प्रसाद ढकालले समस्याग्रस्त केही सहकारीले सहकारी अभियानलाई गतिहीन बनाउन खोजे त्यो सफल नहुने बताउनु भयो ।

सहकारीका सदस्यहरुको सजकता र कृयाशिलताले सहकारीलाई विधि र पद्वतीबाट चलाउन दिशानिर्देश गर्ने र सहकारी अभियानलाई सहयोग पुग्ने उहाँले बताउनु भयो ।निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेले शेयर सदस्यको क्रियासिलताले आवाज सहकारीले सफलता हासिल गरेको बताउनु भयो । काठमाडौंमा सहकारी खोलेर सेवा केन्द्रको रुपमा रुपन्देही आएका आगन्तुक सहकारीका कारण नराम्रो सन्देश गएको बताउनु हुदै त्यस्ता बिकृतीलाई सबैले मिलेर हटाउन सकिने बताउनु भयो ।
साधारण सभामा संस्थाका अध्यक्ष जीवन प्रसाद अधिकारीले प्रतिबेदन प्रस्तुत गर्नुहुदै प्रतिकुल अवस्थामा पनि अघिल्लो बर्षको तुलनामा बासलातलाई ३।१६ प्रतिशत वृद्धि गरी २३ करोड ६५ लाख पुर्याएको जानकारी दिनु भयो । त्यसै गरि संस्थाको पुजी वृद्धि गरिएको र बचत र कर्जामाउल्लेखनीय प्रगति गरेको बताउनु भयो ।
सहकारीका अध्यक्ष जीवन प्रसाद अधिकारीको अध्यक्षता, सचिब बालकृष्ण पाण्डेको संचालन तथा उपाध्यक्ष मिनराज भुसालको स्वागतमा भएको कार्यक्रममा लेखा समितिका संयोजक राजिव गौतमले लेखा समितीको प्रतिबेदन प्रस्तुत गर्दै सहकारी निति नियम र मापदण्ड पुरा गरि संचालन भएको पाइएको बताउनु भयो ।

सहकारीले साधारणसभाको अवसरमा सहकारीको प्रबर्द्धनको लागि पत्रकारिताको माध्यमबाट योगदान दिएकोमा बुटवल दुडेमा कार्यरत पत्रकार माया केसीलाई नगद सहित आवाज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । त्यसै गरि उत्कृष्ट शेयर सदस्य धन कुमार भट्टराई, उत्कृष्ट तिनि राम गोपाल चौधरी , उत्कृष्ट बाल बचत तर्फ युनिका थापा ,उत्कृष्ट कर्मचारी तर्फ उजेला श्रेष्ठ सम्मानित हुनु भएको छ । साधारणसभाले अध्यक्ष अधिकारीले प्रस्तुत गर्नु भएको बार्शिक प्रतिबेदन र कोषाध्यक्ष स्वराज कुमार जैसवालले पेश गर्नु भएको आर्थिक प्रतिबेदन पारित गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend