बुटवल , भदै २
खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देही द्वारा लक्ष्मी नगरमा व्यवसाय गर्दै आउनुभएका विष्णुबहादुर कार्की क्षेत्री क्यान्सर रोगबाट पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
व्यवसायीलाई संस्थाका अध्यक्ष महेन्द्रप्रसाद पोखरेल, निवर्तमान अध्यक्ष मोहन बस्याल पूर्व अध्यक्ष ज्ञानु न्यौपाने सल्लाहकार ,जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको रोबरमा सहयोग स्वरूप चेक हस्तान्तरण गरिएको छ । संस्थाले क्यान्सर रोगीलाई उपचार केही आर्थिक टेक पुराउने उदेस्यले उक्त रकम प्रदान गरेको हो ।सङ्घले विगतमा पनि सहयोग तथा सामाजिक कार्यहरू गर्दै आइरहेको संस्थाका कुलचन्द्र गौतमले जानकारी दिए ।