logo
  • शनिबार, कार्तिक १ २०८३

स्थानीय तहहरूले आन्तरिक आयको श्रोत वृद्धिसँगै  निजी क्षेत्रको पुँजी परिचालन  गरी सेवा विस्तार  


  • सोमबार, चैत्र २६ २०८०

बुटवल,  चैत २५
स्थानीय सरकारको आन्तरिक आयका श्रोत बढाउन करको दायरा फराकिलो बनाउँदै निजी क्षेत्रको पुँजी परिचालनले सेवा विस्तार  गर्नु पर्ने एक कार्यक्रम वक्ताहरूले जोड दिएका छन् ।
बुटवल उपमहानगरपालिकाका र  एकाउन्टीलीटी ल्याब नेपालको संयुक्त आयोजनामा आज चैत्र २६ गते सार्वजनिक निजी सहकार्य प्रवर्धनमा स्थानीय तहहरूको अनुभव तथा सिकाइ सम्बन्धी संवाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
बुटवल उपमहानागरपालिका  निमित्त प्रमुख प्रशाशाकिय अधिकृत तुलसा अर्यालको अध्यक्षता र उपमहानगरपालिका कै उप प्रमुख सावित्र अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका,  देवदह नगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाका आर्थिक विकास हेर्ने जनप्रतिनिधि सहित राजस्व, सहकारी, रोजगारी, र सा नि सा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख डोलराज पौडेलले सार्वजनिक निजी साझेदारीका नीतिगत व्यवस्था, संरचना, मुख्य परियोजना र अवसरहरूका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । भने एकाउन्टीविटी ल्याबका प्रतिनिधि राजु शर्मा सार्वजनिक निजी सहकार्यको महत्त्व र प्रारूप बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
स्थानीय सरकारको आन्तरिक आयका श्रोत बढाउन करको दायरा फराकिलो बनाउन पर्ने, निजी क्षेत्रको पुँजी परिचालनले सेवा विस्तार गर्नु पर्ने र लगानीलाई सुरक्षा दिनु पर्ने आदि कामका लागि सार्वजनिक निजी सहकार्य आवश्यक हुन्छ । निजी क्षेत्रको नीति तर्जुमा भन्दा पनि कार्यक्रम र क्रियाकलाप माग गर्ने प्रवृत्तिमा सुधार ल्याउनु पर्ने आवश्यक देखिएको छ ।
उप प्रमुख सावित्रा अर्यालले  सार्वजनिक निजी सहकार्यबाट बुटवल उपमहानगरपालिकाले आफ्नो आय बढाउनका साथै जनतालाई सेवा प्रदायमा पनि योगदान पुगेका अवगत गराइन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend