logo
  • शुक्रबार, असोज ३० २०८३

मियाँ नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली



बुटवल । नक्कली भुटानी शरणार्थी शरणार्थी प्रकरणमा जोडिएको अभियोग लागेका शमशेर मियाँ नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली भएका छन् । उच्च अदालत पाटनले शमशेरलाई समितिको अध्यक्षका रूपमा कामकाज गर्न गराउन अन्तरिम आदेश दिएको थियो त्यसलगत्तै उनको  पुनर्बहाली गरिएको हो । उनी पक्राउ परेपछि मकबुल मियाँ कार्यवाहक अध्यक्ष बनेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सामेल समूहले उनको गाडीलाई रकम ओसारपसारमा प्रयोग गरेको अभियोग लागेको थियो ।जिल्ला अदालत काठमाडौँले मियाँलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटीमा छुटेपछि पुस २९ गते उनी पुनर्बहालीको मागसहित उच्च अदालत पुगेका थिए ।माघ ३ मा न्यायाधीश रमेशराज पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि माघ ८ गते बोलाउन आदेश समेत दिएको छ । अदालतले छलफलको दिनसम्म मियाँलाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न  भनेको छ ।  बुटवल निवासी मियाँले आफूले अदालतको आदेश अनुसार अध्यक्षको हैसियतमा  काम सुरु गरेको  बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend