logo
  • शुक्रबार, असोज ३० २०८३

यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु


  • आइतबार, असार ३१ २०८१

३० असार, काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप को तयारीमा रहेको यू-२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ ।साफ यू-२० च्याम्पियनसिपको तयारीका लागि यु-२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ यु-२० च्याम्पियनसिप आगामी अगस्ट १८ देखि काठमाडौंमा हुँदैछ ।

साफ यु२० को बन्द प्रशिक्षणमा ४० खेलाडी सहभागी छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको कोचिङ स्टाफले टोलीलाई प्रशिक्षण दिइरहेको छ ।च्याम्पियनसिपमा नेपाल रहेको समुह ए मा श्रीलंका र बंगलादेश छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।नेपालले उद्घाटन खेलमा श्रीलंकासँग अगष्ट १८ मा खेल्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend