logo
  • शुक्रबार, असोज ३० २०८३

बिपी विचार राष्ट्रिय समाज  रुपन्देहीद्वारा विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक साम्रागीहरु वितरण 


  • शुक्रबार, असोज ३ २०८२

बुटवल ,असोज ३ ।
बिपी विचार  राष्ट्रिय समाज  जिल्ला  समिति रुपन्देहीले आज शुक्रवार विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक साम्रागीहरु वितरण गरेको छ ।
बिपी कोइरालाको  १ १२औँ  जन्मोत्सवको  अवसर पारेर आज रुपन्देहीको  तिलोत्तमा नगरपालिका वार्ड  ५ स्थित  शान्ति नमुना माविका  दिष्टविहिन छात्रालाई खाद्यान्न  तथा शैक्षिक सामाग्री विवरण  गरिएको छ ।
बिपी जयन्ती भदै २४ गते भए पनि उक्त दिन जेनजी आन्दोलन भएपछि रोएकोले आज कार्यक्रम  गरिएको हो ।
बिपी विचार राष्ट्रिय समाजका कार्यवाहक अध्यक्ष इन्जिनियर यमलाल पाण्डेको सभात्पतीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले समाजमा दिष्टिविहिन  मात्रै होइन सबैलाई समान व्यवहार गर्नुपर्ने विचार बिपीको रहेको बताए ।
उनले दृष्टिविहीन विद्यार्थीहरूलाई विभिन्न सङ्घ संस्था सँगै तिनै तहका सहकारले  विशेष ध्यान दिनुपर्ने बताए
नेपाली काँग्रेस  युवा नेता तथा  बिपी विचार समाज रुपन्देहीका सल्लाहकार विष्णु प्रसाद पोखरेले नेपाली काँग्रेस  बिपीको विचार सामान्य घटनाक्रमले नमर्ने बताए।
उनले लोकतान्त्रिक व्यवस्थामा जेनजी  आन्दोलन अराजकतातिर गएको छ  उनले भदै  २३,२४ गते घटना जेनजि आन्दोलन नाममा लुटपाट भएको   टिप्पणी  गरे । उनले आन्दोलनको नाममा लुटपाट गर्नेहरू सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताए।
कार्यक्रममा शान्ति नमुना माविका  प्रअ कुल प्रसाद  लामिछानेले बिपीको  विचार राष्ट्रिय समाजका निवर्तमान  सभापति अधिवक्ता शरद  भट्टराई लगायत बोल्दै  बिपी विचारलाई सही दिनमा कार्यान्वयन गर्नको लागि नेतृत्व  लागु गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रमको सञ्चालन सचिव अधिवक्ता कृष्ण प्रसाद पोखरेलले गरेका थिए ।उक्त अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहित चामल ,दाल ,तेल ,जस्ता सामाग्री पनि प्रदान गरिएको थियो । शान्ति नमुना विद्यालय देशमा धेरै विद्यार्थी रहने सामुदायिक १० विद्यालय भित्र पर्दछ । यहाँ दिष्टी विहीनहरूलाई पनि पढाउने गरिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend