logo
  • शुक्रबार, असोज ३० २०८३

रुपन्देहीमा किर्ते लालपुर्जा प्रकरणमा बुटवलका  मालपोत अधिकृत र भैरहवाका कार्यालय सहयोगी पक्राउ


  • शनिबार, साउन ११ २०८२

बुटवल , रुपन्देहीमा  किर्ते लालपुर्जा    बनाएर जग्गा विक्री गरेको  प्रकरणमा   दुई जना सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । भने भैरहवा कार्यालय सहयोगी  पनि पक्राउ परेका  छन्।सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको अभियोगमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी० गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता प्रकरणसँग सम्बन्धित किर्ते मुद्दामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, बुटवल र भैरहवामा भएको किर्ते घटना फरक–फरक भएको प्रहरीले स्पष्ट पारेको छ ।
घटनामा संलग्न केही अन्य मालपोत कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ। अहिले कुन स्थानको कुन कित्ता ९जग्गा० किर्ते गरिएको भन्ने विषयमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।
प्रारम्भिक सूचनाका आधारमा, उनीहरूले सरकारी जग्गाको नक्कली लालपुर्जा तयार गरी ठुलो रकम लिई वितरण गर्दै आएका थिए। घटनाको प्रकृति गम्भीर रहेको र विस्तृत अनुसन्धानपश्चात् थप संलग्न व्यक्तिहरूविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको  छ । रुपन्देही  नकल्ली लालपुर्जा  घटना बेला बेलामा बाहिर आउने गर्दछन्  । केही समय अगाडि  गौतम बुद्ध विमानस्थलको   जग्गा पनि  नक्कली लालपुर्जा  प्रकरण बाहिर   आएको थियो ।   भने भैरहवा   मसलाधाटको जग्गा समेत व्यक्तिको नाममा  लिएको प्रकरण बाहिर आएको  थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend