logo
  • शुक्रबार, असोज ३० २०८३

बागमती प्रदेशमा  काँग्रेसका ४ मन्त्रीद्धरा राजीनामा  मुल्यमन्त्री लामा अप्ठारोमा 


  • शुक्रबार, साउन १० २०८२

काठमाडौँ  साउन  ९
बागमती प्रदेश सरकारका  काँगसका  बहादुर सिंह लामाले मुख्यमन्त्री नेतृत्व  गरेको सरकारमा  ४ जनाले आज राजीनामा दिएका छन् ।  राजीनामा दिने चारै जना काङ्ग्रेसबाट मन्त्री बनेका हुन् । उनीहरूको राजीनामा पछि बागमती प्रदेशमा अहिले  थप  राजनीति  चासोको रूपमा दलहरूले लिएका छन् ।
बागमती सरकारमा मुख्यमन्त्रीसहित काङ्ग्रेसबाट सरकारमा ८ जना सामेल छन् । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।
काँग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको केही काँग्रेसका  नेताहरूले बताएका छन् ।संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि काँग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । यसका लागि ३७ सांसद रहेको काँग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २४ जना रहेको बताइएको छ ।यद्यपि, पत्रमा भने २१ जनाले मात्र हस्ताक्षर गरेका छन् । यस सम्बन्धमा काँग्रेस सांसदहरूले मुख्यमन्त्री लामालाई  जानकारी पठाएका छन्,  मुख्यमन्त्रीले भने अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend