काठमाडौ असार २०
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
सरकारमा रहेपनि काँग्रेस एमाले सँग चिडिएको नागरिक उन्मुक्ति पार्टी पछिल्लो सयम सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको बताइन् ।
पार्टीका संरक्षक रेशम चौधरीले पनि बिहीबारै सरकारबाट समर्थन फिर्ता लिने बताएका थिए ।
सदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ।कांग्रेसका १८,एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था नभएको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend