logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउन पाइदैन पुन


  • आइतबार, मंसिर १० २०८०

 लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाएर सरकार विस्तार गर्ने तयारी भइरहेका बेलामा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा जनतालाई भार पार्ने गरी मन्त्रालय विस्तार गर्न नमिल्ने बताएका छन् । उनले प्रदेशमा हाल रहेका मन्त्रालय नै उपयुक्त भएकाले मन्त्रालय फुटाएर  नयाँ  विस्तार गर्न नमिल्ने बताए ।
नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै सभापति पुनले प्रदेशमा हाल कायम रहेका मन्त्रालयहरू भन्दा बढी बनाउन नमिल्ने नीतिगत निर्णय पार्टीले गरिसकेको बताए । उनले अहिले मूलकको अर्थतन्त्र कमजोर भएको बेलामा प्रदेशमा मन्त्रालय थप्ने र  मन्त्रीहरू थप्ने गर्दा जनतामा नराम्रो सन्देश जाने बताए ।
 लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित १० मन्त्रालय रहेका छन् । काँग्रेसको नेतृत्वमा सरकार रहे पनि  सत्तारुढ दलहरूको बिच भएको सहमति अनुसार काँग्रेस र माओवादीबाट थप मन्त्रीहरू बन्न बाँकी रहेका छन् ।
लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमति अनुसार माओवादीले थप दुई र काँग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी  तीन मन्त्रालय मात्रै छ ।
जसले गर्दा भागबन्डा  पुराउनको दुई मन्त्रालय थप्नुपर्ने हुन्छ ।सभापति पुनले मन्त्रालय विभाजन नगरी बाँकी रहेका मन्त्रलायहरुलाई पूर्णता  दिने काम बुटवलमा  मङ्सिर १६ र १७  राखिएको  नेपाली काँग्रेसको प्रदेश स्तरीय भेलापछि हुने बताए ।हाल लुम्बिनी प्रदेश सरकारमा काँग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।उनले लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस बुटवलमा हुने प्रदेश सम्मेलन विशेष तयारी भएको पनि बताएका छन् । बुटवलमा नेपाली काँग्रेस मङ्सिर १६ र १७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलनमा नेपाली काँग्रेसका सभापति ,  उपसभापति , लगायतका नेताहरूको सहभागिता रहने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend