logo
  • शनिबार, कार्तिक १ २०८३

चुनावमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह, एमाले नेताले भने- वातावरण बनाए तयार छौं


  • बिहिबार, मंसिर १२ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागी हुने नेकपा एमालेका नेताहरुलाई आग्रह गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र एमालेका नेताहरुबिच छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको बताइन् ।

प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरुले निर्वाचनको उचित वातावरण बने आफ्नो पार्टी भाग लिन तयार रहेको बताएको नेता महेश बर्तौलाले जानकारी दिए ।

लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय संघर्ष गरेको पार्टी जनताका बिचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ प्रधानमन्त्री कार्कीलाई दिएको बर्तौलाले बताए । चुनावी सुरक्षा लगायतका विषयमा सरकारले गम्भीर काम गर्नुपर्ने सुझाव दिएको उनको भनाइ छ ।

‘एमाले नेताहरुले आफूहरु निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताउनुभयो,’ मन्त्री खरेलले भने । चुनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरुसँगको भेटपछि धेरै कम भएको महसुस भएको पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend