काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन नभए निर्वाचन नलड्ने बताएका छन् ।
भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले निर्वाचन अगाडि महाधिवेशन नभए गगन र विश्वप्रकाशले निर्वाचनमा आफूहरू उम्मेदवार नहुने बताएको जानकारी दिए । ‘हाम्रो मुख्य ध्यय नयाँ कांग्रेस बनाएर निर्वाचनमा जाने भन्ने हो । महाधिवेशनबिना नयाँ कांग्रेस बन्न सक्दैन,’ भेटमा महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘महाधिवेशन नभई निर्वाचनमा जाने अवस्था भयो भने हामी निर्वाचनमा उम्मेदवार बन्दैनौँ ।’
शुक्रबार बिहान संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि महाधिवेशन आफूहरूको बटमलाइन भएको बताएका हुन् ।
भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले निर्वाचन अगाडि महाधिवेशन नभए गगन र विश्वप्रकाशले निर्वाचनमा आफूहरू उम्मेदवार नहुने बताएको जानकारी दिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend