logo
  • शनिबार, कार्तिक १ २०८३

यातायात व्यवस्था विभागको डाटा सेन्टरको समस्या समाधान, सेवा आंशिक रुपमा सुचारु


  • शनिबार, कार्तिक ३० २०८२

काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या समाधान भएको छ ।

शुक्रबार डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सको आवेदन बन्द गरिएको थियो ।

विभागले प्राविधिक समस्या समाधान भएपछि अहिले विद्युतीय सवारी चालक अनुमति पत्र सम्बन्धि सेवा आंशिक रुपमा सुचारु भएको जानकारी दिएको छ । विभागले जेनजी आन्दोलनपछि कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend