logo
  • शुक्रबार, असोज ३० २०८३

भीम रावल आज नेकपामा समाहित हुने


  • बुधबार, कार्तिक २७ २०८२

काठमाडौँ । पछिल्लो समय ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिया नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल आज बुधबार काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । पार्टीको हाइकमाण्डमा सदस्य रहने गरी रावललाई भूमिका हुने बताइएको छ ।

रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको हो । आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।

बुधबार दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend