logo
  • शनिबार, कार्तिक १ २०८३

न्यानो लुगा लगाएर र होटल बुकिङ गरेर मात्र ट्रेकिङमा निस्कन आग्रह


  • सोमबार, कार्तिक ११ २०८२

पोखरा । न्यानो लुगासहित होटल बुकिङ गरेर मात्र ट्रेकिङमा निस्कन जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ ।

प्रशासनले सामाजिक सञ्जालमार्फत अन्नपूर्ण आधार शिविर ९एबीसी०, घोडेपानी पुनहिल, टोड्के लगायतका क्षेत्रमा निस्कँदा न्यानो लुगा, बस्ने बासको पूर्वनिश्चित र साथमा हाई अल्टिच्युट लागेमा खानुपर्ने औषधिजन्य सामानहरू बोकेर निस्कन आग्रह गरेको हो ।

‘आजभोलि मौसम विज्ञहरूले पश्चिम क्षेत्रमा चिसो मौसम बढ्न सक्ने र हिमपातको समेत अनुमान गरिरहेकाले पदयात्रामा निस्कँदा न्यानो लुगा, बस्ने बासको पुर्वनिश्चित र साथमा हाई अल्टिच्युट लागेमा खानुपर्ने औषधिजन्य सामानहरू बोकेर हिड्न अनुरोध गर्दछौँ,’ सामाजिक सञ्जालमा भनिएको छ ।बाटोमा कुनै समस्या परेमा स्थानीय सुरक्षा युनिटलाई खबर गर्न समेत प्रशासनको अनुरोध छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend