logo
  • शुक्रबार, असोज ३० २०८३

ट्रमा सेन्टरमा घाइतेहरूलाई फलफूल वितरण


  • आइतबार, कार्तिक ३ २०८२

काठमाडौँ — नेपाल स्वयंसेवक सङ्घको सहयोग र जिएन–वाईको आयोजनामा आज काठमाडौँस्थित ट्रमा सेन्टरमा  आन्दोलनमा घाइते भएका युवाहरूमाझ फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा नेपाल स्वयंसेवक सङ्घका अध्यक्ष खेमराज पौडेल, सङ्घका सदस्यहरू तथा जिएन–वाईकी प्रतिनिधि सफलता बोघटी लगायतको उपस्थितिमा घाइते युवाहरूसँग भेटघाट गरी उनीहरूलाई फलफूल वितरण गरिएको थियो।भेटका क्रममा घाइते युवाहरूले आन्दोलनको क्रममा गोलीको पीडाले अहिलेसम्म पनि दुखाइ झेलिरहेका बताएका छन्।
 जिएन–वाईका प्रतिनिधिहरूले घाइतेहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै राज्यले आन्दोलनमा घाइते र सहिद परिवारको जिम्मेवारी लिनुपर्ने माग राखेका छन्। नेपाल स्वयंसेवक सङ्घका अध्यक्ष पौडेलले पनि घाइतेहरूप्रति ऐक्यबद्धता जनाउँदै सहिद परिवार र घाइतेहरूसँग साथ रहँदै न्यायको  लागि काम गर्ने बताए ।
कार्यक्रमपछि जिएन–वाई र स्वयंसेवक सङ्घले अन्य अस्पतालहरूमा रहेका घाइतेहरूलाई पनि क्रमशः फलफूल वितरण गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend