काठमाडौं । सरकारले राजनीतिक तत्कालिन प्रधानमन्त्री केशी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ राजदूतलाई फिर्ता बोलाने निर्णय गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको सरकारले राजदूतहरूलाई कात्तिक २० गतेसम्म स्वदेश फर्किसक्न पनि समय दिएको छ।