logo
  • शुक्रबार, असोज ३० २०८३

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 


  • शुक्रबार, असोज १० २०८२

बुटवल  असोज  ९
लुम्बिनी कानुनी अनुसन्धान केन्द्र, बुटवलले बुटवलमा  विमर्श तथा शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न  गरेको छ ।
संस्थाका अध्यक्ष अधिवक्ता दामोदर घिमिरेको अध्यक्षता र प्रमुख आतिथ्य वरिष्ठ अधिवक्ता तेज प्रसाद कणेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बोल्ने वक्ताहरूले  जेन्जी आन्दोलनले प्रभाव, कानुनी तथा संवैधानिक जटिलता, आन्दोलनको आवरणमा भएको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा माथि भएको आक्रमण लगायतका विषयमा केन्द्रित  हुँदै आ आफ्नो भनाई राखेका थिए
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिल  शाहनीले आन्दोलन  युवाहरूको विद्रोह भएको बताए ।  वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले जेन्जी पुस्ता प्राविधिक र तार्किक हिसाबले अन्य पुस्ता भन्दा धेरै अब्बल रहेकोले बताए । उनले सबै पार्टीका तेस्रो तहसम्मका अधिकांश नेताहरू भ्रष्ट रहेको कारण भएको आन्दोलनबाट प्राप्त उपलब्धि जोगाएर लैजानु पर्ने बताए ।
कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद्का पूर्व पार्षद् अधिवक्ता बाबुराम पाण्डे, नेपाल बार एसोसिएसनका निवर्तमान उपाध्यक्ष अधिवक्ता पशुपति भण्डारी, नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्य, उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनी, संस्थाका निवर्तमान अध्यक्ष अधिवक्ता मदन कुमार पुन, अधिवक्ता ज्ञानु के।सी।, अधिवक्ता लाल बहादुर बस्नेत, अधिवक्ता हेमराज शर्मा, अधिवक्ता नेत्रलाल पाण्डे, अधिवक्ता वीरेन्द्र पाण्डे, अधिवक्ता केशव बस्याल, जेन्जी पुस्ताका कानुनका विद्यार्थीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव अधिवक्ता अनुप पोख्रेलले  गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend