बुटवल, असोज ३
शिक्षकहरूले विद्यार्थीहरूको भविष्य निर्माण गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान दिएका छन्
असल शिक्षकहरू केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र होइनन्, उनीहरू विद्यार्थीहरूको जीवनमा प्रेरणा, अनुशासन र नैतिकताको ज्योति बाल्ने मार्गदर्शक हुन्।
रुपन्देहीको बुटवलस्थित कान्ति मावि सहायक प्रअ रूपमा रहेका केदारनाथ ज्ञवाली यस्तै आदर्श पात्रका गुरु हुन् । उनी विगत चार दशकदेखि रुपन्देहीका शैक्षिक संस्थामा निरन्तर आफ्नो कर्ममा रमाएका छन्।
गुल्मीको जिल्लाको वम्धा गाविस हाल रुरु गाउँपालिका वार्ड ५ वामी जन्मिएका केदार ज्ञवाली सानैदेखि पढाई अव्वल थिए।२०४१ सालमा एसएलसी सी पास भए पनि आइएस्सी पढ्नको लागि भारतको बनारस पुगे।त्यहाँ पास भएपछि नेपाल फर्किएका शिक्षक पेसा रोजे। त्यो बेला आईएस्सी पढेकाहरू नेपाल टेलिकम,तथा अन्य विभिन्न क्षेत्रमा पनि राम्रो अवसर थियो । निजामती सेवा तिर उनी जाने रुचि राखेनन् । केदारका बुवा पनि शिक्षक थिए। बुवाको प्रेरणा र पढेलेखेको परिवार भएकोले पढाउँदै, आफ्नो अध्ययन पुरा अनि शिक्षक पेसामा रमाउँदै विगत चार दशकदेखि निरन्तर शिक्षण पेसामा छन् ।
तर राज्यले सम्मान गर्न कन्जुसलाई ।
सुरुमा २०४४ साल आईएस्सी पास गरेपछि जाजरकोट जिल्लाको हिमालय माविमा ३ महिना पढाएका थिए। त्यसपछि गुल्मीको अमराईको एक विद्यालयमा बोलाएपछि पढाउन थाले ।अनि २०४६ माघ १० गतेदेखि बुटवलको उजिर सिंह माविमा गणित शिक्षकको रूपमा आएका केदार आए। जहाँ २०५१ मङ्सिर सम्म पढाए। त्यसपछि काठमाडौँमा मास्टर डिग्री गर्न पुगे त्यहाँ पनि माउन्ट इङ्ग्लिस बोडिङ्ग स्कुलमा पढाएका थिए । सोही बेला २०५२ सालमा निमावि नाम निस्केपछि महामाया भवानी मावि देव दहमा अध्यापन सुरु गरेपछि लगातार रुपन्देहीको शिक्षाको उन्नयको लागि लागि रहेका छन्।
उनी २०६० सालमा माविको दरबन्दीमा स्थायी भएका केदार ज्ञवालीले देवदह नै ०६७ असार सम्म सोही विद्यालयमा पढाए। त्यो बेला बिहान उनले देव दहको सगरमाथा बोङ्गिड स्कुलमा पनि पढाउँथे।
त्यसपछि बुटवलको कान्तिमा माविका सरुवा भएर आए। बुटवलको कान्ति मावि अहिले देशको नमुना विद्यालयको रूपमा परिचित रहेको छ। पुरानो र बस्तीको बिचमा अवस्थित कान्ति माविमा त्यो बेला थप आकर्षण गर्नको लागि अङ्ग्रेजी माध्यम पढाई सुरु गर्ने थियो।
त्यसका प्रधानाध्यापक गोविन्द ज्ञवालीको महत्पूर्ण भूमिका थियो अङ्ग्रेजी माध्यम संयोजक जिम्मेवारी केदारलाई प्रदान गरिएको थियो। त्यसलाई पुरा गर्न केदार निकै मेहनत गर्दे खट्नु परेको थियो ।
२०७२ सालमा माविको दितिृय श्रेणीमा नाम निकालेका केदार अहिले विद्यालयको सहायक प्रधानाध्यापक रूपमा कार्यरत रहेका छन्। उनले अङ्ग्रेजी माध्यममा सामुदायिक विद्यालयमा कक्षा सञ्चालन गर्दा सुरुमा अभिभावकहरूको पत्याउन अप्ठ्यारो मानेको स्मरण गरे ।
अनि प्रधान अध्यापक गोविन्द ज्ञवाली कान्तिमा प्रअ हुन भन्दा बुटवलका केही राम्रो निजी बोडिङ्ग पढाएको र केदार पनि देव दहमा पनि बोडिङ्ग पनि पढाएको थाहा पाएपछि अभिभाकहरुको यस्ताहरू सरहरू आएपछि पक्कै पनि राम्रो पढाउँछन्। विश्वास बढ्दै गएको थियो।
कान्तिमा २०६७ वैशाख कक्षा १ र ९ मा अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको थियो। त्यस बेला केदार अन्य धेरै शिक्षकहरू दुवै भाषा पढाउनुपर्ने धेरै शिक्षकहरू मेहनत गरेको सम्झेछन्।
उनले आफूले पनि एउटा ब्याक बोर्डमा एक तिर नेपाली अर्कोतिर अंग्रजी माध्यमबाट लेखेर समेत पढाएको सम्झेछन्। सुरुमा धेरै विद्यार्थी अङ्ग्रेजी माध्यमा नभएको एउटै कक्षा राखेर समेत पढाउनु पर्ने बाध्यता थियो। कान्तिमा टाढाबाट आउने विद्यार्थीहरूको बस,यस्तै होस्टेल आवश्यक पनि महसुस गरी निस्वार्थ प्रअ र आफू सुरुदेखि खटिएको बताउँछन् ।
केदार२०६८सालमा अङ्ग्रेजी माध्यमको संयोजक,परीक्षा संयोजक,यातायातका संयोजक र लाईवरीको संयोजकको रूपमा जिम्मेवारी पाएका थिए ।
उनले सामुदायिक विद्यालयहरू सुधार गर्ने एउटा माध्यम अङ्ग्रेजी भएकाले उल्लेख गरे ।रुपन्देहीमा पछिल्लो समय शैक्षिक हबको रूपमा परिचित बन्दै छ। त्यसमा यहाँ हामी सामुदायिक विद्यालयका केही असल शिक्षकहरूको कथा र उनीहरूको योगदान पनि छ तर राज्यले विद्यालय व्यवस्थापन समिति, तथा अन्य अगाडि देखिए पनि अन्य असल शिक्षकहरू पर्दा पछाडिको धेरै हात रहन्छ। उनले आफू कान्ति माविको यो अवस्था सम्म ल्याउनको लागि एक कर्तव्य निष्ठ शिक्षक ठान्छन्।
शिक्षकहरूले न केवल ज्ञान बाँड्छन्, विद्यार्थीहरूको व्यक्तित्व निर्माण र सामाजिक मूल्य–मान्यताहरू स्थापित गर्न पनि योगदान पु¥याउँछन्।जसले आफ्नो समर्पण, लगनशीलता र नवीन शिक्षण विधिमार्फत विद्यालय र समुदायमा परिवर्तन ल्याइरहेको बताउँछन् ।
त्यही भएर पनि उनले सुरुका पढाएको विद्यार्थीहरू अहिले कोही डाक्टर भएका छन् केही इन्जिनियर भएका छन् । केही विदेशमा र केही सरकारी कर्मचारीको उच्च तहमा छन् ।तर गुरु पूर्णिमा फोन गर्ने भेट्ने गर्दछन्। अन्य बेला पनि केही पूर्व विद्यार्थीहरू भेट्न आउने गर्दछन्। शिक्षणलाई केवल पेसा नभई जीवनको मिसन ठानेका छन्। उनको स्थानीय समुदायको समस्यालाई नजिकबाट बुझेका कारण उनले शिक्षामार्फत सामाजिक परिवर्तन ल्याउने सपना बोकेका छन्। अहिले पनि बुटवल १० सुख्खा नगरमा उनको टोल समिति केही निर्णय गर्दा केदार सर भन्दै पटक पटक खोजीनिती गर्दछन्।
उनको सल्लाहलाई कार्यान्वयन गर्दा गर्भ लाग्छ। शिक्षाको विकासको लागि महत्पूर्ण योगदान दिए पनि लगातार विद्यालय सम्मा गरेको छ। तर चार दशकसम्म सामुदायिक विद्यालय महत्पूर्ण योगदान दिने केदार एक पटक बुटवल नगरपालिका बाहेक अन्य राज्यको तर्फका सम्मान तथा पुरस्कार पाउनबाट वञ्चित रहेका छन्। राज्यको निकायले पनि आफ्नो निकायबाट आदर्श गुरुको चिन्ने काम कमजोरी गरेको देखिन् । केदार जस्ता आदर्श गुरुलाई सम्मान गर्दा अन्य शिक्षा क्षेत्रमा योगदान गर्नेहरूको पनि होसलापर्ने जानकारहरू बताउँछन्।
शिक्षण शैली: प्रेरणा र नवीनता
केदार ज्ञवाली शिक्षण शैली परम्परागत र आधुनिक विधिको संयोजन ठान्छन्। उनले कक्षामा प्रोजेक्टर, डिजिटल बोर्ड र इन्टरनेटको प्रयोग गरी विद्यार्थीहरूलाई रुचिकर बनाउनु पर्ने बताउँछन् ।
गणितलाई रोचक बनाउन उनले स्थानीय सन्दर्भहरू जस्तै, बजारको हिसाब–किताब, खेतीपातीको गणना र निर्माण कार्यका उदाहरणहरू समावेश गर्नुपर्ने सुझाव दिन्छन् । उनको कक्षामा विद्यार्थीहरूले किताबी ज्ञान मात्र होइन, जीवनोपयोगी सीपहरू पनि सिक्छन्। असल शिक्षकका विशेषताहरू असल शिक्षक बन्नको लागि ज्ञान, समर्पण र सही दृष्टिकोणको आवश्यकता पर्छ। शिक्षकहरूले कक्षा कोठामा शान्तिपूर्ण र अन्तरक्रियात्मक वातावरण सिर्जना गर्नुपर्छ, जहाँ विद्यार्थीहरूले निर्धक्क आफ्ना विचार व्यक्त गर्न सकुन्। उनीहरूले पाठ्य योजना बनाएर पढाउने, विद्यार्थीको मनोविज्ञान बुझेर उमेरअनुसार व्यवहार गर्ने र विषयवस्तुको गहिराइमा पुग्न प्रेरित गर्ने काम गर्नुपर्छ। उनले शिक्षक सधैँ सफा , हँसिलो हुँदै विद्यार्थीको रोक मोडल बन्नु पर्ने बताउँछन् । किनकि विद्यार्थीले सर जस्तो बन्नुपर्छ भन्ने ठानोस् ।उनी भन्छन्, “हाम्रो मुख्य उद्देश्य विद्यार्थीमा ज्ञानको भोक जगाउनु र उनीहरूलाई सही मार्गमा डो¥याउनु हो। हामीले किताबी ज्ञान मात्र होइन, नैतिकता र व्यवहारिक सीप पनि सिकाउनुपर्छ।” उनले आफ्नो कक्षामा विद्यार्थीहरूलाई सामाजिक मुद्दाहरूमा छलफल गर्न प्रोत्साहन गर्छन्, जसले गुरुले सधैँ सम्मान पाइन्छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend