logo
  • शनिबार, कार्तिक १ २०८३

आन्दोलन क्रममा लुम्बिनी प्रदेशका सरकारी कार्यालयमा  के के क्षति हेनुहोस लिस्ट सहित 


  • बुधबार, असोज १ २०८२

बुटवल , असोज  १
जेन्जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा भौतिक क्षति भएको विवरण  मुख्यमन्त्री कार्यालयले  सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले  आज सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षति भएका छन् । मुख्यमन्त्री निवासका ३ वटा गाडीसमेत नष्ट भएको लुम्बिनी प्रदेश  मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेशका निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले दिएको जानकारी अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा ७ मोटरसाइकल र १ गाडी नष्ट हुँदा अर्घाखाँचीमा सामान्य तोडफोड भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत रुपन्देहीमा १ मोटरसाइकल जलेको र दाङ, लमहीमा मन्त्री  क्वाटर  सामग्री जलाइएको छ ।
बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका रुपन्देही, बाँके, दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन् ।
यस्तै, स्वास्थ्य मन्त्री निवासमा क्षति भएको छ भने ऊर्जा मन्त्रालय अन्तर्गत दाङमा ८ मोटरसाइकल जलेका छन् । बन निर्देशनालय पनि पूर्ण रूपमा क्षति भएको छ ।आन्तरिक मामिला, युवा तथा खेलकुद र सामाजिक विकास मन्त्रालयमा भने क्षति नभएको बताइएको छ । तर, प्रदेश लोक सेवा आयोगमा भवनमा आगजनी र तोडफोड, स्टोर नष्ट, कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण नष्ट हुनुका साथै ६ वटा गाडी पूर्ण रूपमा क्षति भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend