बुटवल, भदै २७
जेन जी आन्दोलनका कारण भदौ २३ र २४ गतेदेखि देशका विभिन्न ठाउँमा भएको तोडफोड तथा जनधनको क्षतिको खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीले गहिरो दुख व्यक्त गरेको छ । सङ्घका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै युवाहरूले देखाएको चाहना अनुसार देशमा सुशासन कायम हुनुपर्ने उल्लेख गरेका छन् । उनले सुशासन सँगै पेसा व्यवसाय गर्ने वातावरण तयार गर्नको लागि आग्रह गरेका छन् । साथै प्रेस विज्ञप्तिमा देशको विषम परिस्थितिमा बजार काला बजारी हुने सक्ने भएकोले त्यसबाट साना व्यावसायिक उपभोक्तालाई समेत असर पर्ने भएकोले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend