logo
  • शनिबार, कार्तिक १ २०८३

फरार कैदी ७ जनालाई रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा


  • शुक्रबार, भाद्र २७ २०८२

बुटवल,भदै २७। रुपन्देही प्रहरीले विभिन्न कारागार कार्यालयबाट फरार कैदी ७ जनालाई नियन्त्रणमा लिएको छ ।
देशभर भएको प्रदर्शनका क्रममा कारागार तोडफोड, आगजनी पछि भागेका ७ जना बन्दी कैदीलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार चितवन कारागारबाट फरार रहेको भारत हरियाना प्रदेश थाना नागिना बस्ने वर्ष २४ को सवारी अङ्गभङ्ग मुद्दाका कैदी अब्बास खान, भारत उत्तर प्रदेश थाना बेहोजोई बस्ने वर्ष ४८ को लागु औषध मुद्दाका कैदी अनिल गिरी, भारत उत्तर प्रदेश थाना केलादेवी बस्ने वर्ष ४१ को लागु औषध मुद्दाका कैदी राजपाल सिंह,भारत उत्तर प्रदेशकै वर्ष ३८ को सवारी ज्यान मुद्दाका कैदी मोनु कश्याब रहेका छन्।
यस्तै नवलपरासी कारागारबाट फरार रुपन्देही सैनामैना नगरपालिका वडा नं। ७ बस्ने वर्ष ५२ की बहु– विवाह मुद्दाका कैदी करिस्मा राना रहेकी छन्। केन्द्रीय कारागार काठमाडौँबाट भागेका लागु औषध कोकिन मुद्दाका कैदी तान्जानियान दुई जना नागरिकलाई पनि रुपन्देहीबाट नियन्त्रणमा लिएको छ । लागु औषध कोकिन मुद्दा कैदी परेका वर्ष ५३ को रामाधानीसिम्बा अुबुम्बा र४७ को त्वालिबकिपबु पसुवा लाई नियन्त्रणमा लिएको छ।रुपन्देही प्रहरी प्रवक्ता किर्किले उनीहरूलाई सम्बन्धित पठाउने तयारी भइरहेको बताए।
((

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend