logo
  • शनिबार, कार्तिक १ २०८३

गोली  प्रहार गरी  युवतिको हत्या ,  आफ्नै भिनाजु गोली प्रहार गरेको आरोप 


  • सोमबार, असार ३० २०८२

३० असार, सुनसरीको हरिनगर गाउँपालिका( ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका( ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी  दिएका छन् ।  घटना  विवरण अनुसार आइतबार राति भारतको पत्राहा पञ्चायत घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।  प्रहरीले घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको   प्रहरीले जनाएको छ ।
रहस्यमय कारण ः अनुत्तरित प्रश्नहरू
गोली प्रहारको कारण अझै स्पष्ट भएको छैन। प्रहरी उपरीक्षक तिम्सिनाले भने, हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, तर अहिलेसम्म हत्याको स्पष्ट उद्देश्य पत्ता लागेको छैन।ू स्थानीय बासिन्दाहरूले भने विभिन्न अनुमान लगाइरहेका छन्। कसैले पारिवारिक विवादको कुरा उठाएका छन्, भने कसैले व्यक्तिगत रिसइबीको आशङ्का गरेका छन्।
घटनास्थल भारतीय सीमा नजिकै रहेकोले, प्रहरीले सीमापारि अपराधको सम्भावनालाई पनि खोतलिरहेको छ। आजात मिया भारतको नागरिक भएको र घटनापछि उनी  फरार  छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend