फागुन ९,बुटवल
शैक्षिक क्षेत्रमा अब्बल मानिने बुटवल उपमहानगरपालिका वार्ड ९ मिलनचोकस्थीत स्कलर्स होम बोर्डिङ स्कुलमा आज विविध सास्कृतिक कार्यक्रम, फेस आर्ट, टेकान्डो प्रदर्सन, खाना प्रदर्शनी , बुक प्रदर्शनी र बिज्ञान प्रदर्शनी गरि बाल प्रतीभा महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा समेत एक कदम अगाडि रहेको यस विद्यालयमा बाल महोत्सव को अबसरमा कक्षा पि।जी।देखि यु।के।जी।सम्मका झण्डै १०० बढी हजुरबुबा हजुरआमा सम्मान कार्यक्रम समेत गरेको छ तेस मध्ये जेष्ठ सदस्य ८५ वर्षीय हजुरबुबा श्यामलाल अर्याल हजुरआमा ७३वर्षीय चन्द्रकला खत्रीलाई विशेष सम्मान समेत गरिएको थियो ।


प्राचार्य बाबुराम बञ्जाडेको अध्यक्षता,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्यालको प्रमुख आतिथ्यता,बुटवल उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष प्रदीप कुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रम सञ्चालकद्वय सहप्राध्यापक टीकाराम गौतम र सांस्कृतिक संयोजक दिलकुमारी उपाध्यायद्वारा सञ्चालित उक्त कार्यक्रम प्राचार्य बाबुराम बञ्जाडेले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान सिकाउने मात्र नभई संस्कारसहितको शिक्षा सिकाउने कुरामा कुनै कसर बाँकी नराख्ने र व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो। ्
झण्डै ८००विद्यार्थी सम्मिलित उक्त कार्यक्रममा विज्ञान प्रदर्शनीमा विद्यार्थीद्वारा विभिन्न सामग्री प्रदर्शनसमेत गरिएको थियो ।उक्त कार्यक्रममा प्रा।वि।संयोजक कमला पाण्डे मा।विं संयोजक शोभारानी प्रधान अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री ,सावित्रा पन्थी नेत्रप्रसाद भट्टराई ,सिर्जना गौतम लगायतले सहजीकरण गर्नुभएको थियो ।त्यस्तै विज्ञान प्रयोगशालामा विज्ञान शिक्षक प्रदीप देवकोटा ,एलिना वर्माले विद्यार्थीलाई सामग्री प्रदर्शनीमा सहजकर्ताको रूपमा भुमिका निर्वाह गर्नुभएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend