logo
  • शनिबार, कार्तिक १ २०८३

बल्खु खोलामा बाढी : एक जनाको मृत्यु


  • बुधबार, साउन १६ २०८१

१६ साउन, काठमाडौं ।

काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार, मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।

बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा बाढी आएको छ । बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।‘कुलेश्वर र बल्खुबाट मात्रै ११ जनालाई सुरक्षित स्थानमा लगेका छौं’, मैनालीले भने, ‘नयाँ बसपार्कस्थित मितेरी पुलबाट २४ वर्षीया मनिषा बुढाथोकीलाई उद्धार गरेर ग्रिनसिटी अस्पतालमा लगेका छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend