कपिलवस्तु, २९ असार ।
कपिलवस्तु नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । १५ महिनादेखि ५९ महिना सम्म पालिका भित्र रहेको सबै बालबालिका खोपका पहुचमा पुगेका प्रतिबेदन पेश गरिए पछि कपिलवस्तु नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका बनेको हो ।सो अवसरमा खोप समन्वय समितिका सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेललाई पुर्ण खोप सुनिश्चित पालिकाको प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा मेयर पौडेलले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले सरकारी स्वास्थ्य संस्थाको स्तर बढाउदै जाने उनले बताए । कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले वडाहरुले समेत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले स्वास्थ्य चौकीहरुको स्तर बढाउदै जानु पर्ने बताए ।कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले कपिलवस्तुलाई यही असार मसान्त भित्रै पुर्ण खोप सुनिश्ति जिल्ला घोषणा गर्ने तयारी अघि बढाएको बताए । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखालाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल वडाध्यक्ष लगायतको सहभागीता थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend