logo
  • शुक्रबार, असोज ३० २०८३

खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीका थप जनशक्ति परिचालन


  • आइतबार, असार ३१ २०८१

काठमाडौँ । चितवनस्थित त्रिशुली नदीमा भएको बस दुर्घटनामा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीको जनशक्ति बढाइएको छ ।सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट  ११ जना गोताखोर सहित १ सय ६ जना जनशक्ति खटिएका छन् ।यस्तै नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट  गैँडाकोट, मध्यबिन्दु र देबचुलीका विभिन्न ठाउँमा ४१ जनासहित जम्मा २ सय ६ जना र यसअघि प्रयोग गरिएका सबै उपकरणसहित ७ वटा र्‍याफ्ट बोट, १ मोटर बोट र १ कायाक  समेत परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको उनले बताए ।यस्तै नम्बर ३ गढीमाई बाहिनी र नम्बर १७ गण चितवनबाट डीएसपीको कमान्डमा त्रिशूली र नारायणी नदीको विभिन्न ठाउँमा १ सय १३ जना जनशक्ति खटिएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि जिल्लास्थित सुरक्षाकर्मी एवं सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीलाई खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए । यद्यपि बिहीबार भएको दुर्घटनामा हराइरहेका दुई बस अझै भेटिएका छैनन् । यस्तै दुर्घटनामा परेका ५ जनाको शव भने विभिन्न स्थानमा फेला परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend