बुटवल, असार १९
रोटरी क्लब अफ लुम्बिनीले वर्ष २०२३ । २४ कार्यकालको अन्तिम सर्भिस प्रोजेक्टको रूपमा पाँच वर्षको लागी सम्झौता गरेको विद्यालय बुटवलको सहिद स्मृति आधारभूत विद्यालयमा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ
क्लबका वर्ष २०२३–२४ का अध्यक्ष रो. लक्ष्मण सुबेदीको अध्यक्षता, बुटवल उपमहानगरपालिका .वार्ड नं. ११, का अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्य भएको कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका एसीस्टेण्ट गभर्नर रो. यादव प्रसाद भण्डारी, क्लबलाई मातृत्व प्रदान गर्ने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका आईपीपी तथा वर्ष २०२४–०२५ का एसीसटेण्ट गभर्नर रो हिमाल गैरे र स्कुलका प्रधानाध्यापक प्रकाश गौतमकोको बिषिष्ठ आतिथ्य, क्लबका संस्थापक अध्यक्ष रो. थानेश्वर पाण्डे वार्ड नं. ११ का वार्ड सदस्य माया दर्नालको आतिथ्यमा क्लबका निर्वाचित अध्यक्ष, सदस्य तथा विद्यालयका शिक्षक बिद्यार्थिहरुको उपस्थितिमा.१ लाख २५ हजार बराबरको १० थान फाइबर डेस्क बेन्च वितरण गरिएको छ ।

कार्यक्रममा स्कुलका प्राचार्य प्रकाश गौतमले रोटरीले गरिरहेको सहयोगको धन्यावाद दिए । कार्यक्रममा क्लबलाई मातृत्व गरेको संस्था रोटरी क्लब अफ सेन्ट्रल बुटवलका आईपीपी तथा वर्ष २०२४–०२५ का एसीसटेण्ट गभर्नर रो हिमाल गैरेले क्लबे गरेका कामहरूको प्रशंसा गर्दे आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो क्लबका एसीसटेण्ट गभर्नर रो यादव प्रसाद भण्डारीले स्कुलले गुरुयोजना बनाएर अगाडी बढ्दा थप कार्य गर्न सहज हुने बताए । कार्यक्रमका प्रमुख अतिथि वार्ड नम्बर ११ का वार्ड अध्यक्ष रामचन्द्र क्षेत्रीले समाज परिर्बतनको लागी रोटरीको योगदानको चर्चा
हुँदै रोटरी क्लब सँग मिलेर काम गर्न इच्छुक रहेको भनाई राख्नु भएको थियो। संस्थाका संस्थापक अध्यक्ष रो. थानेश्वर पाण्डेले उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि, अतिथि स्कुलका कार्यरत शिक्षक अध्ययनरत बिद्याथी रोटरी क्लबका सदस्यहरूलाई स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश गरे । संस्थाका अध्यक्ष रो. लक्ष्मण सुबेदीले क्लबले उक्त स्कुललाई पाँच वर्षको लागी सम्झौता गरी पहिलो वर्ष विद्यालय परिसरमा वृक्षारोपण, स्टेशनरी वितरण, बाल स्वास्थ्य चेकजाँच औषधि वितरण तथा यस रोटरी वर्षको अन्तिम कार्यक्रम फर्निचर वितरण गरिएको जनाउनु भएको थियो अन्य आवश्यक कार्यहरू गदै जाने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा फर्निचर खरिदको लागी एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेड, एभरेस्ट फाइबर उद्योग, सहिद स्मृति आधारभूत विद्यालय तथा क्लबको आर्थिक सहयोगमा वितरण गरिएको थियो