बुटवल , जेठ १९
लुम्बिनी प्रदेशमा पछिल्लो समय लागु भएको समृद्ध वन परियोजना कार्यक्रम सफल बनाउने दायित्व सबैको रहेको बुटवलका आज आयोजित एक कार्यक्रमका सहभागीहरूले निचोड रहेको छ ।
समृद्धि प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी समीक्षा गोष्ठीमा सहभागी वन अधिकृत,कर्मचारी, सामुदायिक,साझेदारी बनका पदाधिकारी,वन पैदावार व्यवासायीहरुले समृद्ध वन परियोजना आधारित रहेर वन व्यवस्थापन गर्दा लाभ लिन सकिने बताएका हुन्। उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश वन निर्देशक दधिलाल कँडेलले वन संरक्षणको लागि वन व्यवस्थापनमा अभ्यास, अवसर चुनौती विषय कार्यपत्र प्रस्तुत गर्दे पेसागत धर्मलाई ध्यान दिनुपर्ने बताए।
समृद्धि वन प्रणालीमा रहेर रुख कटानसँगै भू क्षय रोक्नको लागि पनि जिम्मेवार बन्नुपर्ने बताए। उनले वन व्यवस्थापन लागि एकले अर्कालाई समन्वयन गरेर अगाडि जानुपर्ने बताए।
वन व्यवस्थापन गर्दा स्वार्थ बाझिँदा बेला बेलामा प्रश्न उठेको भन्दै सही नियत राखेर काम गर्नु पर्ने बताए। उनले गलत मनसाय राखेर काम गर्ने छुट कसैलाई पनि नभएको उनको भनाई छ
कार्यक्रममा प्रदेश वन मन्त्रालयका उप सचिव यज्ञमुर्ति खनाल,डिभिजन वन कार्यालय कपिलवस्तुमा प्रमुख विजय राज सुवेदीले वन व्यवस्थापन थप सहज र लाभ दायक बनाउनु पर्ने बताएका थिए। त्यसको नीतिगत रूपमा सबै जिम्मेवार हुनुपर्ने बताए।
सामुदायिक वन, साझेदारी वन,वन पैदावार व्यवसायी सङ्घका प्रनितिधी, वन कर्मचारीहरू विच अहिले वन व्यवस्थापन भइरहेको विषयमा साझा बुझाई र केही समस्या भएका निकासको लागि समन्वयन गर्ने उद्देश्यले गोष्ठी आयोजना गरेको बन डिभिजन रुपन्देही प्रमुख दीपक के .सीले बताए ।
पहिला वैज्ञानिक वन व्यवस्थापन प्रणाली कार्यक्रम रोकिएपछि लुम्बिनी प्रदेशको वन ऐनले वन व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड बनाएर गत आर्थिक वर्ष देखी समृद्धि वन परियोजना सुरु गरेको हो लुम्बिनी खास गरी तराई र मध्य पहाडको ९ जिल्ला यो काम सुरु भएको छ। लुम्बिनी प्रदेशमा सामुदायिक वन,चाक्ला वन,साझेदारी वन गरी २१७ वटा समूहमा अहिले काम भइरहेको छ। दिगो वनको चुनौतीलाई जनप्रतिनिधि ,समिति सबैलाई बुझाउँदै लैजाँदै योजना रहेको छ । 
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend