logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवलमा ‘जुत्ता मेला’


  • आइतबार, माघ २८ २०८०

२८ माघ
बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव हुने भएको छ । बुटवलको डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो । मेलाको तयारी बारे जानकारी दिन  पत्रकार सम्मेलनमा नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्ययले ५ हजार भन्दा बढी प्रकारका गुणस्तरीय नेपाली जुत्ताहरुको उत्पादनलाई फ्याक्टीबाट न्यूनत्तम मूल्यमा सिधै ग्राहक समक्ष पुराउनका लागि मेलाको आयोजना गरिएको बताए । मेलाको अवसरमा नेपाली जुत्ता घरमा आवद्ध ब्राण्डहरुले आफ्ना उत्पादनहरु नियमित भन्दा सस्तोमा ग्राहकलाई उपलब्ध गराउने मेलाका संयोजक चोलाकान्त पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि. एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।
मेलामा जुत्ता चपलको प्रदर्शनीसँगै मोःमोः उत्सवको पनि आयोजना गरिएकाले गा्रहकहरुले सपिङ्गसँगै एक दर्जन भन्दा बढी मोःमोः का परिकारहरुको स्वाद लिन सक्ने संयोजक पाठकले बताए । मेलाको सुभारम्भ तथा समापनका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने संयोजक पाठकले बताए ।    

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend