काठमाडौं –
जापान सरकार शिक्षा बिज्ञान प्रविधि तथा मन्त्रालयको (इडियु पोर्ट जाओन) अन्तर्गत जापान शैलीको वातावरणिय शिक्षाको एसियाका अन्य देशमा पनि बिस्तार गरी जलवायु परिवर्तनमा टेवा पूगोस भन्ने मान्यताका साथ नेपालका विभिन्न जिल्लामा रहेका स्कुलमा जलवायु परिवर्तनको असर र न्यूनीकरणका उपायको बारेमा जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । यस कार्यक्रमका लागि विगत ४ महिनादेखि जापान स्थित एक विश्वबिद्यालयको टोली नेपालमा विभिन्न कार्यक्रम गरिरहेको छ ।
नेपाल स्थित काठमाडौं, पोखरा, बुटवल, बर्दियालगायतका जिल्लामा रहेका विभिन्न स्कुलमा रहेका लगभग १ हजार बिद्यार्थीलाई जलवायु परिवर्तनको असर न्यूनिकरणका उपायको बारेमा सचेतना प्रदान गरिएको छ । यस अवसरमा प्रत्येक बिद्यालयको प्राथमिक तथा निम्न माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई ग्रुप विभाजन गरेर जलवायु परिवर्तनको मुख्य कारकको रूपमा रहेको आँखाले देख्न नसकिने तर पृथ्वीमा ठुलो समस्या निम्त्याएको कार्बनडाईअक्साईड अर्थात् (सिओटु) डाटाको रूपमा देख्न सकिने यन्त्र विद्यार्थीलाई प्रदान गरियो । सो अवसरमा उनीहरुले बिद्यालय वरिपरीको कार्बनडाईअक्साइडको मात्रालाई उक्त यन्त्रले मापन गरी विद्यालय वरिपरीको कार्वनडइअक्साइडको स्थितिको समेत पहिचान गरेका थिए ।
कार्बनडाईअक्साइड (सिओटु) उत्सर्जन न्यून गर्नु हामी सबैको दायित्व हो, छोटो दुरिमा गाडीको सट्टा पैदल वा साइकलको प्रयोग गर्नुपर्छ, जापानबाट नेपाल आएको उक्त टोलीका नेपाल प्रमुख भानुभक्त पुरीले भनें, ‘अनावश्यक समयमा घर वा कोठामा जडित बत्ति बाल्नु भएन । बजारमा सामान किन्न जाँदा पसलको प्लास्टिक ब्याग नलिने र घरबाट आफै ‘माई ब्याग’ लैजानेजस्ता सामान्य क्रियाकलापको पालना गर्दा ठुलो मात्रामा कार्बनडाइअक्साइडको न्युनीकरण गर्न सकिन्छ । अझ सरकारले पसलबाट समान किनेवापत अहिले बिना पैसामा दिँदै आएको प्लास्टिकको झोलामा २–५रुपैयाँ मूल्य लगाउने हो भने सर्वसाधारणमा ‘माई ब्याग’ लिएर किनमेल गर्ने बानी बस्नेछ ।
समग्रमा यसै सम्बन्धि बिषयमा हामीले जनचेतना मुलक कार्यक्रम गरेका हौं । या जारी छ ।’ उनले हाम्रो जस्तो कलकारखाना कम भएको देशमा जलवायु परिवर्तनको असर अधिक रूपमा देखिएको र यो समग्रमा राष्ट्रिय रुपमै चिन्ताजनक बिषय रहेको भन्दै सरकारको ध्यानाकर्षण हुनुपर्ने समेत बताए । उनले फेरी भनेँ, –‘यो समस्या अत्यन्तै जटिल रुपमा उभिएको छ ।
हाम्रा राष्ट्रिय सम्पत्ती हिमालहरु पग्लदै गएका छन्, यो खतरानाक बिषय हो । खासमा हिमाल पग्लनु हुँदैन ।’ यस शैक्षिक परियोजना नेपालमा ३ बर्षसम्म आयोजना हुनेछ । लगभग ४ महिनादेखि नेपालमा यो कार्यक्रम भइरहेको छ । यो परियोजना संचालनका लागी जापान सरकार शिक्षा मन्त्रालयले जापानको नागोयामा रहेको (नागोया सानग़्यो युनिभर्सिटी) का वातावरण व्यवस्थापनका अनुसन्धान प्रमुख प्रोफेसर डा. ईतोऊ मासकाजूलाई छनोट गरेर विश्वविद्यालयमार्फत नेपालमा पठाएको हो ।
यो कार्यक्रम ताइवान, भेतनाम, इण्डोनेशियामा केही बर्षदेखि जारी छ । नेपालमा भने भर्खरै सुरुवात् भएको हो । नेपालमा उक्त कार्यक्रम सञ्चालनका लागी उक्त बिश्व बिधालयमा जापानमै ठुलो धन रासीको रुपमा लिईएको स्कलरसिप नेपाली रुपैया ४० लाखको छात्रवृत्तीमा नाम निकाली पीएचडी गर्दै गरेका गुल्मी, रूरू– ५ टाहाटिम निवासी भानुभक्त पूरीको अनुरोधमा प्रोफेसर डा.ईतोऊले नेपाललाई समावेश गर्ने प्रस्ताब जापान सरकार शिक्षा मन्त्रालयमा पेस गरी स्वीकृत भएको थियो । उक्त कार्यक्रमको लागी प्रोफेसर ईतोऊ मासाकाजु , प्रोफेसर ओकामुरा कियोसीले पोखराको पश्चिमाञ्चल सेकेण्डरी स्कूलसँग (काउन्टर पार्टनर) को रूपमा (एमओयु) पनि गरेका छन् । त्यसपछि प्रोफेसर द्वय ईतोऊ र रओकामुरा बाँकी रहेको काम भानुभक्त पुरीलाई जिम्मा लगाई जापान फिर्ता भएका छन् ।
यस अवसरमा सोहि विश्वबिद्यालयमा अध्यनरत पूजा अधिकारी बोहरा तथा संजोग पौडेलले बिधालयमा अध्ययनरत बिधार्थीलाई कार्बनडाईअक्साइडको मापन गराउने तथा सिओटु नाप्ने यन्त्रको प्रयोग गरी बिरूवाले सूर्यको तापको सहयोगमा वातावरणको सिओटु सोस्छ भन्ने तथ्य प्रयोग द्वारा सिद्द गरेका हुन् । उक्त प्रयोग पश्चात बिधार्थीहरुले यो कुरा अहिले सम्म पढेको मात्रे तर अहिले प्रत्यक्ष प्रयोगद्वारा देख्दा बिरुवाको महत्व अझ धेरै आभास भएको प्रतिक्रिया दिएका थिए ।
जापानले ४० लाख बरबबरको स्लरशिप छात्रवृत्ती दिएर यसै बिषयमा पिएचडी गरिरहेका भानु पुरीले भविष्यमा नेपालमै आएर वातावरण क्षेत्रमा योगदान गर्ने सोच रहेको बताए । उनले आफुजस्ता विद्यार्थीलाई नेपाल सरकारले खोजी–खोजी देश फिर्ता गराउन पहल गरेर नेपालले सोधखोजमा पनि अध्याधिक काम गर्न सक्ने बताए ।
प्रा. डा. ईतोऊले जलवायु परिवर्तनको असरबारे सामुदायिक क्षेत्र निकै पछि परेकोले बिधार्थी मार्फत अभिभावकलाई सजग गराउँदा अभिभावकले पनी आफ्ना छोरा छोरीले भनेका कुरा आत्मसाथ गर्ने भएकाले विद्यालयमा यो किसिमको कार्यक्रम गरिएको प्रतिक्रिया दिए । जलवायु परिवर्तनको असर, वायुमण्डलमा फैलिएको कार्बनडाईअक्साइडको असर मानिसमा हरेक तबरबाट देखिएको तर, समुदायले खासै वास्ता नगरेको अवस्था अहिले छ। बेलैमा सचेत नहुने हो भने आगामी पुस्ताले जलवायुको असर अझै धेरै हुन्छ, उनले भने, ‘त्यसैले यसबारेमा सचेत हुनुपरेको हो। विद्यालयका बालबालिका मार्फत फैलाएको यस किसिमको साक्षरता अभियान बढी प्रभावकारी पनि हुन्छ ।’
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend