बुटवल ,
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा१० उद्यमशील टोल, कान्छी बजारमा रहेको इनोभेसन कृषि फर्म बुटवलमा भएको लुम्बिनी एक्सपो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा कृषि तर्फ नवीनतम काम गरी प्रथम भएको छ ।
उक्त मेलामा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशद्धरा आयोजित पशुपन्छी तथा मत्स्य उत्पादन प्रवर्द्धन प्रविधि प्रदर्शन विधा तर्फ नवीन कार्य गरी प्रथम स्थान हासिल गरेको हो । उक्त फर्मलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
इनोभेसन कृषि फर्मले नवीन प्रविधिको प्रयोग गरी अर्ग्यानिक फार्मिङ गर्ने उद्देश्यका साथ धान खेतीमा हाँस पालन कार्यको परीक्षण उत्पादन गरेको फर्मका सञ्चालक डा दामोदर भुसालले बताए ।
उक्त धान खेतीमा माछा पालन कार्य कार्यलाई जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र रुपन्देहीले नवीन कार्यका रूपमा स्वीकार गरेको छ ।यस्तै स्रोत फर्मका रूपमा काम गर्ने गरी स्थानीय उद्यमशील टोलका ३२ घर परिवार लाई समावेश गरी समुदायमा आधारित धान खेतीमा हाँस तथा माछा पालन प्रविधि प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पादन गरी सकेको छ।
यो सफलतासँगै धान खेतीमा हाँस तथा माछा पालन प्रविधिलाई नेपाल भर विकास र विस्तार गर्ने उद्देश्यले यसै वर्ष देखि इनोभेसन कृषि फर्म साना उद्योगका रूपमा दर्ता भई उत्पादनको कार्यमा जुटेको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend