logo
  • शनिबार, कार्तिक १ २०८३

नवीनका विद्यार्थीहरूलाई पोषणको अवस्थाबारे परीक्षण 



बुटवल पौष ८,
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय बुटवलको देवीनगरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरूको पोषण अवस्था परीक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
जापान सरकार मातहतका विश्वविद्यालयहरू त्रिभुवन विश्वविद्यालय र नेपाल स्वास्थ्य शिक्षा सङ्घ को संयुक्त आयोजनामा सन् २०१२ देखि नेपाल भरका विद्यालय तह १(१२ मा अध्ययनरत बालबालिकाहरूको पोषण अवस्थाको परीक्षण गरी नेपाल सरकारलाई नेपाली बालबालिकाको उमेर अनुसार तौल र उचाइको स्तरीय मानक नम्स स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा चुक्यो युनिभर्सिटी जापानका प्रोफेसर कोकुडो, कानाजावा युनिभर्सिटी जापानका प्रोफेसर सागवा र सिन्सु युनिभर्सिटी जापानका प्रोफेसर सचि रहनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय र नेपाल स्वास्थ्य शिक्षा सङ्घले कार्यक्रमको  सह आयोजनामा गरेको छ। जसमा नेपालबाट त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका डीन प्राध्यापक डाक्टर चित्रबहादुर बुढाथोकी प्राध्यापक डाक्टर भीमसेन देवकोटाले समन्वय गर्नुभएको थियो।


तथ्याङ्क सङ्कलनको संयोजकको भूमिकामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डाक्टर यदुराम उप्रेती र बुटवल बहुमुखी क्याम्पसबाट उपप्राध्यापक डा प्रकाश शर्माले गर्नुभएको थियो। सह प्राध्यापक डा के कोओइदा , प्राध्यापक डाक्टर कोइसो, प्राध्यापक डाक्टर नाकानो, अनुसन्धानमा बुटवल क्याम्पसका उपप्राध्यापक दामोदर घिमिरे देवदह आदर्श बहुमुखी क्याम्पसका उप प्राध्यापक जयकिसन अधिकारी राममणि बहुमुखी क्याम्पसका उपप्राध्यापक मधुसूदन खनाल न्यु लाइट कलेजका उपप्राध्यापक कृष्ण रिजाल लगायत सहभागी हुनुभएको थियो ।
बालबालिकाको पोषण अवस्था परीक्षण कार्यक्रममा रुपन्देही जिल्लाका सामुदायिक विद्यालयतर्फ नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय र निजी तथा आवासीय विद्यालयबाट बुद्ध पब्लिक माध्यमिक विद्यालय देवदह छनोटमा परेको थियो। उक्त कार्यक्रममा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले हालसम्म नेपालमा विश्व स्वास्थ्य सङ्गठन यूनिसेफको तथ्याङ्कलाई आधार मानी पोषण अवस्थाको बारेमा अनुसन्धानकर्ताले अध्ययन गर्दै आएको हुँदा अबका दिनहरूमा जापानका विश्वविद्यालय  त्रिभुवन विश्वविद्यालय र नेपाल स्वास्थ्य शिक्षासँगको संयोजनमा गरेको अध्ययनले छिटोभन्दा छिटो अध्ययन पुरा गरी नेपाल सरकारलाई नेपाली छात्र छात्राहरूको उमेर अनुसारको तौल र उचाइको स्तरीय मानक कायम गरी नेपाली अध्ययनकर्तालाई अध्ययन गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएको बताउनुभयो । हाल यो कार्यक्रम पोखरा र बुटवल कल‌‍ण्टर  छनोटमा परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend