logo
  • शुक्रबार, असोज ३० २०८३

राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने


  • सोमबार, कार्तिक २० २०८०

२० कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend