logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी एग्रो इन्डस्ट्रिजद्वारा विपद् उद्धार कोषमा एक लाख ११ हजार सहयोग


  • बुधबार, भाद्र १७ २०८३

 

बुटवल, भदौ १७ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बुटवलस्थित लुम्बिनी एग्रो इन्डस्ट्रिज प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका सञ्चालक भानु केसीले विपद्का कारण पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै संकटका बेला गरिएको सानो सहयोगले पनि पीडितको जीवनमा आशा जगाउन सक्ने बताए।

‘विपद्मा साथ दिनु हामी सबैको साझा दायित्व हो। आफ्नो सामर्थ्यअनुसार सहयोग गरौँ र पीडितको आँसु पुछ्ने प्रयास गरौँ,’ केसीले भने।

उनले कम्पनीले गरेको सहयोगलाई मानवीय जिम्मेवारी निर्वाह गर्ने सानो प्रयासका रूपमा लिएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend