बुटवल २७
रुपन्देही जिल्ला प्रशासन पुन निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।
आज बिहान ६ बजेबाट हटेको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै भएको बेला पुन जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, तथा झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार स्थायी प्रशासन ऐन, २०७४ को दफा ६ को उपदफा ९३० बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले २०८२ साल भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरेका हुन्।
आदेशमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु लगाएको छ ,यस अवधिमा कसैलाई आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना जस्ता गतिविधि गर्न निषेध गरिएको छ।
बिहान ६ बजेदेखि राति ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धर्ना, धार्मिक तथा अन्य कोणसभामूलक कार्यक्रम गर्न पाइने छैन।जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।