logo
  • शनिबार, कार्तिक १ २०८३

शान्ति नमुना माविको विद्यार्थीको जिपिए कसरी ल्याउन सफल भए  ?


  • शनिबार, असार १४ २०८२

बुटवल ,  असार  १४
रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कुल शान्ति नमुना माध्यमिक विद्यालयकाको  सामुदायिक विद्यालय पछिल्लो एक दशक देखी  छुटै परिचाहन रहेको थियो । उकृष्ट नमुना विद्यालय सुचीमा दर्ज भएको
 यो विद्यालयका  विद्यार्थीहरू  १८ जना विद्यार्थीले एसईईमा ४ जिपिए प्राप्त गरेका छन् ।
विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।   सामुदायिक विद्यालयमा नमुना  विद्यालय रूपमा परिचित शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जिपिए ल्याएको  विद्यालयले जनाएको छ ।
त्यस्तै, २२ जनाले ३।९६ देखि ३।९९ जिपिए ल्याएका छन् । ३।९ देखि ३।९५ ल्याउने १४, ३।६ देखि ३।८९ सम्म ल्याउने १७१, ३।२ देखि ३।५९ सम्म ल्याउने २०९, २।८० देखि ३।१९ ल्याउने ११२ र २।४० देखि २।७९ जिपिए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
 प्रकाशित नतिजामा  रुपन्देहीका मात्रै ८७ जना छन् ।   शान्ति नमुना माध्यमिक विद्यालयका  व्यवस्थापन समिति अध्यक्ष  शरद भटराईले सामुदायिक विद्यालय तर्फ शान्ति नमुनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको बताए । उनले   विद्यालयले  साधन स्रोत र अभिभावकको पनि साथ कारणले विद्यालयको आज राम्रो नजिता ल्याउन सफल भएको बताए ।
कसरी  ल्याउन सफल  भए ?
शान्ति नमुनामा मावि यस क्षेत्र पुरानो र  नमुना  सफल  अध्यास  देशको कहलिएको विद्यालय हो । यो पटक पटक  एकै पटक  १८ जना विद्यार्थीहरूले ४ जिपिए ल्याएपछि   विद्यालयको गरिमा थपिएको
विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले  बताए । रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी एवं शिक्षा विद्ध टेक बहादुर  थापाले पनि  शान्ति नमुना विद्यालय धेरै राम्रो अध्यासहरू अन्य  विद्यालयहरूले  पनि सिक्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले एकसाथ यति धेरै विद्यार्थीले ४ जिपिए ल्याउनु विद्यार्थीहरूलाई  पाठ्यक्रम केन्द्रित  अध्यापन , पटक पटक विद्यालयमा आन्तरिक परीक्षा गर्दे  परीक्षामा सफल भएका अझै मेहनत र कमजोर भएका माथि ल्याउनको समस्या  परिचाहन गरी समाधान तर्फ जाने गरी वर्ष गरी  गरेको कार्यले यो सफलता मिलेको  बताए । उनले विद्यार्थी , शिक्षक , अभिभावक सबै सहयोग रहेको बताए शान्ति नमुनामा ५ हजार विद्यार्थी अध्ययनरत छन् । उनले विद्यालय  लगातार  गरेको मेहनतबाट विद्यार्थीहरू यस्तो अवस्था आउन सक्ने भएकोले अन्य विद्यार्थीहरू कोष  पुस्तक  केन्द्रित हुँदै  अध्ययन गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend