logo
  • शनिबार, कार्तिक १ २०८३

सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु


  • बुधबार, असार ११ २०८२

काठमाडौ
असार ११
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए ।उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । तर डाक्टरहरुले ८ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend