logo
  • शनिबार, कार्तिक १ २०८३

एका विहानै अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु २ जना घाइते


  • आइतबार, चैत्र २३ २०८१

 

बुटवल । एका विहानै अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो ।

उक्त घटनामा परी अन्य दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएको बताए ।
मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाईते दुई जनालाई उपचारको लागि बुटवल ल्याईदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend