बुटवल ,मङ्सिर १
नेपाल जैविक सङ्घ लुम्बिनी प्रदेशको आयोजना शनिवार बुटवल बहुमुखी क्याम्पसमा बायोलोजिक सेमिनार तथा रिसर्च तालिम कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशमा रहेका विज्ञान विषयका प्राध्यापक तथा विज्ञान विषय लिएर अध्ययन गरेको विद्यार्थीहरूको सहभागी रहेको कार्यक्रममा विभिन्न विषय विज्ञहरूले प्रशिक्षण दिएका थिए। सो अवसरमा डाक्टर मुक्तिराम पाण्डेय प्रपोजर लेखन ,डाक्टर सुस्मा पाण्डेयले रिर्पोटिङ्ग, अंकित कुमार सिंहले प्रपोजर प्रस्तुतीकरण विषयमा तालिम दिएका थिए। नेपाल जैविक सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर बाबुरामनेपालीको अध्यक्षता भएको कार्यालय बोल्दै बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा दुर्गा भुसालले जैविक विषयमा अनुसन्धान गरेर राज्यलाई योगदान दिन यस्ता कार्यक्रमको महत्पूर्ण योगदान हुने बताए। विशिष्ट अतिथि प्राध्यापक डाक्टर अनन्त पन्थीले पछिल्लो समय अनुसन्धानको विधि र पाटीलाई विज्ञान प्रविधिसँग जोड्नुपर्ने बताए। डाक्टर अनन्त गोपाल सिंहको संयोजकमा भएको कार्यक्रममा विएस्सी चौथो सेमेस्टरमा १० जना विद्याथीहरुले आ आफ्नो प्रस्तुतीकरण गरेको डा सिंहले बताए । कार्यक्रमको सञ्चालन सचिव मुनेश रत्न गुभाजुले गरेका थिए भने स्वागत कोषाध्यक्ष शान्तिदेवी ज्ञवाली गरेकी थिइन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend