logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिकमा मानव बेचबिखन विरुद्ध वक्तृत्वकला


  • शुक्रबार, भाद्र १४ २०८१

बुटवल भाद्र १४,
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विद्यालयको वार्षिक कार्यतालिका अनुसार मानव बेचबिखन विरुद्ध वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
उक्त अवसरमा लघुवित्त संघका केन्द्रीय अध्यक्ष जगत बहादुर पोखरेलले विद्यार्थीहरु अनुशासित भएर अगाडि बढ्न सुझाव दिँदै मानव बेचबिखन विरुद्ध समय सान्दर्भिक कार्यक्रम आयोजना गरेर विद्यार्थीलाई सचेत गराएकोमा खुसी व्यक्त गर्नुभयो ।

अस्थायी प्रहरी चौकी देवीनगरका प्रमुख प्रहरी नायब निरीक्षक कमल भण्डारीले मानव बेचबिखनका सम्बन्धमा धारणा राख्नुभको थियो । कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहका विद्यार्थीहरू बीच भएको प्रतिस्पर्धामा २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त वक्तृत्वकला प्रतियोगितामा व्यवस्थापन समूहकी भगवती कुँवर प्रथम, कानुन समूहका रोशन परियार द्वितीय, कानुन समूहकी अविवा खातुन तृतीय, व्यवस्थापन समूहकी बिहानी सारु र कानुन समूहका रहमान अली सान्तवना भएका थिए । मूल्याङ्कन समितिमा शिक्षकहरू केशव भट्टराई, रामप्रसाद ज्ञवाली र प्रकाश भट्टराई रहनुभएको थियो । उक्त कार्यक्रममा मानव बेचबिखन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवधारणा ष्लतभचबअतष्खभ बोर्डमा आधा घण्टा प्रस्तुतिकरण गरी ४ मिनेटमा प्रस्तुतरण गर्न लगाइएको थियो । कार्यक्रममा अधिवक्ता निशा खरेल, केशव भण्डारी र विशाल रावतले सहजीकरण गर्नुभएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा इसीए इन्चार्ज नेत्र खरेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend